पहाड खसेर खोला थुनिदा १४ घर जोखिममा

ओखलढुंगा, असार ३० । जिल्लाको सुनकोशी गाउँपालिका ९ स्थित कटुञ्जे ककनीमा पहिरो जाँदा तामाङ समुदायका १४ घर जोखीममा परेका छन् । निरन्तरको बर्षाका कारण गाँउमाथीबाट जोराल डाडाँ पहाड खसेर बैशाखे खोलामा थुप्रिदा उक्त तामाङ बस्तीका १४ घर जोखिममा परेका हुन् ।

खोलामा पहाड खसेर थुप्रिएपछि खोला थुनिएको र खोलाले स्थानीयको सयौँ रोपनी जमिन कटान गर्नुका साथै पहिरो समेत नित्याएको स्थानिय कर्ण बहादुर तामाङले बताए । पहिरो स्थानियको घर छेउसम्मै आईपुगेकोसमेत बताए ।

गाँउमाथीबाट नवलपुरघाट दुधकुण्ड जोड्ने सडकको ट्रयाक खनिदा पहिरो गएको स्थानियको भनाई छ । यस्तै माथीबाट नयाँ सडकको ट्रयाक खनिएकाले पहिरो गएको हुनसक्ने सुनकोशी गाउँपालिका ९ का वडा अध्यक्ष जनक कार्कीले पनि दावी गरेका छन् ।

पहिरो स्थानियको घरको क्षेत्र सम्म पुगेको छ तर अहिले सम्म मानवीय क्षेत्री नभएको छन् स्थानीयलाई सुरक्षित ठाउँमा सारिएका छन् । अहिले उक्त क्षेत्रको वस्तुस्थिती बुझ्न प्रहरीको टोली त्यस फर्त प्रस्थान गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्