पूर्वमन्त्री आलमको निधनप्रति प्रधामन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं, असार ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसांसद एवं पूर्वराज्यमन्त्री मो मुस्ताक आलमको उपचारका क्रममा गंगालाल हृदय केन्द्रमा शुक्रबार निधन भएकोमा दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले दिवंगत आलमप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै शोकसंतप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्