राज फैंजुको फेसन युनाइटस्को सेकेण्ड अडिसनमा सम्पन्न

काठमाडौं,असार ३०। नेपालका इन्टरनेशनल कोरियोग्राफर राज फैजुको रेडियन्ट इभेन्ट म्यानेजमेन्टको आयोजनामा फेसन–शोको सेकेण्ड एडिसन सम्पन्न भएको छ।

शुक्रबार राजधानीको त्रिपुरेश्वरस्थित ब्लु–स्टार होटलमा फेसन युनाइटस् फेसन–शोको सेकेण्ड अडिसन यम्पु फेसन डिजाइनिङ इन्ष्टिच्यूटकी सानु बज्राचार्यको फेसन डिजाइन संयोजनमा भएको हो।

फेसन युनाइटस् २ मा २० जना व्यावसायिक नेपाली मोडलहरुले गजबको फेसन–शो भएको छ। रिता लिम्बु, निर्मला केसी, सुजिना तण्डुकार, पृथा मुलेपति घिमिरे, रोजी बज्राचार्य, आशिका श्रेष्ठ प्रजापति र यंपु फेसन डिजाइनिङ इन्ष्टिच्यूटकी फाउण्डर डिजाइनर सानु बज्राचार्यले तयार पारेका ढाका कपडाका फेसनेबल पहिरनको अलावा सिल्क, पार्टीवेयर, क्याजुयल, समर लगायतका मोहक विभिन्न डिजाइनका पहिरनमा मोडलहरुले व्यावसायिक मनमोहक क्याटवाकका साथमा फेशन–शो गरेका छन्।

साथै नेपाली चलचित्रकी चर्चित अभिनेत्री शुभेच्छा थापाले शोज्–टपरको रुपमा विशेष पहिरनमा बेजोड फेसन–शो गरेकी थिइन ।

कार्यक्रमको संयोजन श्रीषा बैदार फैंजुले गरेकी हुन्। भने रियोग्राफी आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी कम्पनीका फाउण्डर तथा इन्टरनेशनल कोरियोग्राफर राज फैंजुले गरेका थिए ।

कमेन्ट गर्नुहोस्