‘पुष्पक विमान’ मा बसेर जब बेहुला-बेहुली विवाहबन्धन बाँधिए (भिडियोसहित)

जो कोहीले जीवनमा अक्सर एक पटक गरिने विवाहलाई स्मरणीय बनाउन चाहान्छ र त्यसका लागि हदैसम्मको प्रयास पनि गर्छन् । यसको लागि केही दुलाहा गजबको तरिका अपनाएर यादगार बनाउँछन् भने कतिपयले विवाहमा डान्स देखाएर सञ्चारमाध्यम चर्चा कमाउँछन् ।

यस्तै परापूर्व कालमा ‘भगवान’ हरुले प्रयोग गर्ने भनिएको पुष्पक विमान प्रयोग गरेर विवाहगरिएको भिडियो यति बेला सोशल मिडियामा भाइरल भएको छ । एउटा विवाहको भिडियो सामाजिक सञ्जाल ट्वीटरमा यतिबेला भाइरल छ । भिडियोमा दूल्हा–दुलही ‘पुष्पक विमान’ मा बसेर सयर गरिरहेका देख्न सकिन्छ । यो दृश्यलाई देखेर विवाहमा आएका मानिसहरु चकित परे ।

याे पनि

एउटा अालुकाे मूल्य ११ कराेड रुपैयाँ

बच्चाका केही अनौठा क्रियाकिलाप हेर्नुस् तस्वीरमा

बाबुछोरीले चलाएको विश्व चर्चित सेक्स रेष्टुरेण्ट

वास्तवमा याे भिडिया @HaramiParindey नामको ट्वीटर हैन्डलबाट पोष्ट गरिएको हो । यो भिडियो एउटा विवाहको हो । विवाह जो बैगैंचामा भइरहेको छ त्यहाँ आकाशमा एउटा ठूलो गोला बस्तु देखिन्छ जुन झिलिमिली बत्तीले अतिसुन्दर देखिन्छ र त्यसको माथि एउटा ठूलो चीलको आकृति देखिन्छ । दूल्हा–दुलही त्यसैभित्र उभिएका छन् । यसमै दूल्हा–दुलहीको ले धमाकेदार डान्स गरेको देख्न सकिन्छ ।

पाश्र्वमा सदाबहार हिन्दी गीत ‘बहारों फूल बरसाओ’ गुञ्जिरहेको छ । यो पुष्पक विमानलाई एउटा क्रेनको साहयताले बगैंचाभरी आकाशमा घुमाएर विवाह मण्डपमा ओरालिन्छ । ट्वीट भएपछि यो भिडियोलाई सय पटक भन्दा बढी रीट्वीट गरिसकिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले यसलाई धमाधम शेयर गरिरहेका छन् ।

यधपि यो भिडियो कहाँको हो र कसले रेकर्ड गरेको हो यसबारेमा अहिलेसम्म कुनै जानकारी गराइएको छैन ।

कमेन्ट गर्नुहोस्