आलमप्रति अध्यक्षद्वयको श्रद्धाञ्जलि

काठमाडौं, असार ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमलाई प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डले अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।

नेकपाको केन्द्रीय कार्यालय धूम्बाराहीमा दिवंगत नेता आलमको पार्थिव शरीरमा उनीहरुले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

गृह जिल्ला रौतहटमा हृदयघात भएपछि नेता आलमलाई उपचारका लागि बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो । उपचारका क्रममा ५३ वर्षीय नेता आलमको शुक्रबार राति निधन भएको हो ।

श्रद्धाञ्जलिका लागि नेता आलमको पार्थिक शरीरलाई आज बिहान पार्टी केन्द्रीय कार्यालयमा राखिएको थियो । नेता आलमलाई अन्तिम श्रद्धाञ्जलि दिन नेकपाका नेता तथा कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय धुम्वाहारी पुगेका थिए ।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा उहाँ रौतहट क्षेत्र नं २ बाट वाम गठबन्धनको उम्मेदवार बनेका थिए ।

कमेन्ट गर्नुहोस्