कृष्ण पहाडीसहित करीब तीन दर्जन अधिकारकर्मी पक्राउ

काठमाडौं, असार ३० । प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्ने क्रममा मानवअधिकारीवादी कृष्ण पहाडीसहित करीब तीन दर्जन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
जुम्लामा गएको १५ दिनदेखि आमरण अनशनमा बसेका डा गोविन्द केसीको जीवन रक्षाको मागसहित शनिबार बालुवाटारमा धर्ना दिन पुगेका पहाडीसहितका मानवअधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ गरिउका अधिकारकर्मीलाई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्