दक्षिण कोरियमा मजदुरको तलब बृद्धि, ४० हजार नेपालीलाई प्रत्यक्ष लाभ

काठमाडौं,असार ३० । दक्षिण कोरिया सरकारले श्रमिकको तलब १०.९५ प्रतिशतले बढाउने निर्णय गरेको छ । सरकारको उक्त निर्णयले कोरियामा कार्यरत करीब ४० हजार बढी नेपाली लाभान्वित हुने छन् ।

दक्षिण कोरियाको शनिबार सम्पन्न पारिश्रमिक निर्धारण समितिको बैठकले सन् २०१९ देखि लागू हुने गरी कामदारको तलब १०.९५ प्रतिशत बढाउने निर्णय गरेको अन्तराष्ट्रि सञ्चारमाध्यमले जनाएका छन् ।

यो निर्णय इपिएसलगायत सम्पूर्ण कामदारको हकमा लागू हुनेछ । योसँगै कामदारको तलब प्रति घण्टा ८३५० कोरियन वोन अर्थात दैनिक आठ घण्टा काम गरेपछि कामदारको महिनाको न्यूनतम तलब नेपाली १ लाख ६८ हजार बराबर हुनेछ ।

कमेन्ट गर्नुहोस्