रोनाल्डोको ठाउँमा हाजार्डलाई ल्याउने रियलको तयारी!

काठमाडौं, असार ३०। क्रिष्टियानो रोनाल्डोले कल्ब छोडेपछि रियल मड्रिडले चेल्सीका स्टार इडेन हाजार्डलाई भित्र्याउने तयारी गरेको छ। रियलले हाजार्डका लागि १५० मिलियन पाउन्ड प्रस्ताव गर्न तयारी गरेको बताइएको छ ।

बेल्जियमको राष्ट्रिय टोलीका कप्तान हाजार्ड यसअघि पनि रियल जाने चर्चा चले थियो तर पारिश्रमिकमा कुरा नमिलेपछि त्यो अगाडि बढ्न सकेन । चेल्सीले साताको ३ लाख पाउन्डको नयाँ प्रस्ताव गरेपनि २७ वर्षे फरवार्डले अस्वीकार गरेको बताइएको छ ।

नेइमारले रियल मड्रिड आउने चाहना राखेका हुन् ? मड्रिडको विचार यस्तो छ

नेइमारले रियल मड्रिड आउने चाहना राखेका हुन् ? मड्रिडको विचार यस्तो छ

प्रिमियर लिग र च्याम्पियन्स लिगमा क्लबको चुनौति बढाउनका लागि चेल्सी अब नयाँ सम्झौताको प्रस्ताव हाजार्ड सामू राख्ने तयारीमा रहेको छ। तर, रियलको प्रस्ताव अघि बढेको खण्डमा भने हाजार्डलाई रोक्न चेल्सीलाई कठिन पर्ने सम्भावना छ। चेल्सीले बिहिबार मात्र प्रशिक्षक एन्टोनियो कोन्टेलाई बर्खास्त गरेको थियो।

उनको ठाँउ लिने सम्भावना रहेका नेपोलीका पूर्व प्रशिक्षक माउरिजियो सारीले हजार्डलाई क्लबमै राख्न पक्कै प्रयास गर्नेछन्। सन् २०१२ मा लिगबाट चेल्सी पुगेयता हाजार्ड सम्मिलित चेल्सीले २ प्रिमियर लिग, एक एफए कप र एक युरोपा लिगको उपाधि जितेको थियो।

कमेन्ट गर्नुहोस्