ठाकुर राजपा संसदीयको नेता चयन

काठमाडौं, असार ३० । राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलको नेतामा महन्त ठाकुृर चयन भएका छन् । संसदको तेस्रो ठूलो दल राजपाले संयोजक महन्थ ठाकुरलाई संसदीय दलका नेता चयन गरेको छ ।

सिंहदरबारमा शनिबार बसेको संसदीय दलको बैठकले ठाकुरलाई सर्वसहमत दलको नेता चयन गरेको हो । दलको नेतामा यसअघि राजेन्द्र महत्तोको पनि दाबी चर्चा थियो । राजपाको प्रतिनिधि सभामा १७ र राष्ट्रियसभामा २ जना गरी संघीय संसदमा जम्मा १९ जना सांसद छन् ।

चुनाव सम्पन्न भएको लामो समय वितिसक्दा पनि नेताहरुबीचको खिचाताीले राजपाले दलको नेता चयन गर्न सकेको थिएन । शनिबारको संसदीय दलको बैठकमा महतोले अडान छाडेपछि ठाकुर सर्वसहमत नेता चयन भएको नेता राजकिशोर यादवले बताए ।

यसअघि शनिबार नेता चयनका लागि चुनाव हुने भनिए पनि मंगलबारसम्म सहमतिको कोसिस गर्ने नेताहरुले जनाएका थिए । तर, शनिबारकै बैठकमा महतोले अडान छाडेपछि ठाकुरको नाममा सर्वसहमति भएको हो ।

कमेन्ट गर्नुहोस्