टिपरको ठक्करबाट राजधानीमा फेरि एक जनाको मृत्यु

काठमाडौं, असार ३० । काठमाडौंको सोल्टी मोडमा टिपरको ठक्कर दिदाँ मोटरसाइक सवार एक जनाको मृत्यु भएको छ ।

शनिबार अपान्ह ना ७ ख ९४७५ नम्बरको ट्रिपरले बा ९६ प ४९११ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार १८ वर्षीया अनुजा घिमिरेको मृत्यु भएको र मोटरसाइकल चालक अनुज घिमिरे भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते अनुजाको बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरी नियन्त्रणमा छन् । अनुजा र अनुज दाजूबहिनी हुन ।

सरकारले आगामी साउन १ गतेबाट लागू हुने गरी काठमाडौंमा विहान ५ बजेदखि राति ८ बजेसम्म टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । यो निर्णय कार्यान्वयन भए काठमाडौंमा सवार दुर्घटना कम हुने सरकारको दाबी छ ।

कमेन्ट गर्नुहोस्