डा. केसी फकिर हुन, जो आम नेपालीका सन्ततीका लागि लडिरहेका छन् : गगन थापा

काठमाडौं, असार ३० । पुर्व स्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेसका सांसद गगन थापाले जुम्लामा गएका १५ दिनदेखि अनशनरत डा गोविन्द केसीलाई केही भए त्यसको सम्पूर्ण जिम्म सरकारले लिनु पर्ने चेतानी दिएका छन् ।

शनिबार सोलिडारिटी फर डा गोविन्द केसीको नेतृत्वमा माइतीघरबाट शुरु भएको दवावमूलक प्रदर्शनपछि बानेश्वरमा गरिएको कोणसभालाई सम्बोधन गर्दै डा। केसीको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर भन्दा पनि सरकार वेवास्ता गरेको आरोप लगाउर्दै केसीको जीवन तलमाथि भए त्यसको जिम्मा सरकारले लिनुपर्ने बताए ।

थापाले भने, ‘काठमाडौंमा मेडिकल कलेज खोल्नु पर्छ भन्ने ताप्लेजुङ र दार्चुलाका सांसदले आफ्नो भेगका जनतामाथि अन्याय गरिरहनु भएको छ । उपत्यकामा अब एउटा मात्रै मेडिकल कलेजलाई खुल्न दिने हो भने थप ३० वटा खुल्ने छन् । र बाहिर भएका पनि बन्द हुन्छन्। सरकारले पनि चलाउन सक्ने छैन ।’

प्रधानमन्त्री ओली राज्यकोषको करोडौं खर्च गरेर थाइल्याण्ड गएकोप्रति संकेत गर्दै थापाले भने, ‘हामी उपचार गर्न बैंकक जान्छौं । बंगलादेश किन नगएको त ?’

केही दिनअघि संसदमा सम्बोधन गर्दै डा केसी को हो भनेर सोध्नेलाई थापाले भने, ‘डा गोविन्द केसी जोगी हुन, फकिर हुन, जो आम नेपालीका सन्ततीका लागि लडिरहेका छन् ।’

संसदमा डा केसीलाई अनशन गर्नु छ या हिड्नु छ भने सरकारी जागिर छोडेर आउ भन्ने सांसदको भनाइ थापाले भने, ‘जिन्दगी छोड्छु भनेको मान्छेलाई जावो जागिर छोड्नलाई सिकाउने ।’

डा केसी १५ दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमरण अनशनमा छन् । उनको स्वास्थ्य दिनप्रतिदिन निकै कमजोर बन्दै गएको छ । भने जुम्लामा आइसीयू नभएकाले उनका उपचारमा थप समस्या सृजना भएको छ । सरकार भने काठमाडौं आएमात्र वार्ता गर्ने बताइएरहेको छ ।

कमेन्ट गर्नुहोस्