आमीर खान विवादमाः अवैध सम्बन्धबाट १५ वर्षे छोरो रहेको खुलासा

वलिउड यस्तो फिल्म इन्डष्ट्री हो जसले लाखौं रहस्य लुकाएर राख्न सक्छ । पछिल्लो समय कुनै कुनै कलाकारको अफेरका बारेमा एकपछि अर्को रहस्य भाइरल भइरहका छन्। जहाँ केही कालकारले आफुनो प्रेम खुल्लमखुला प्रकट गर्छन भने कतिपय यस्ता पनि छन जसले चुपचाप बसेर हेर्छन् ।

केही समय अघिमात्रै पूर्वविश्व सुन्दरी एवं अभिनेत्री ऐश्वर्या रायका बारेमा यस्तै एउटा हल्ला सार्वजनिक भएको थियो । एउटा २२ वर्षे युवाले ऐश्वर्यालाई आफ्नो आमा भएको दाबी गरेको थियो । त्यो कुरा सेलाउन नपाउदै फेरि बलिउडका चर्चित एवं सफल कलाकार आमीर खानलाई जोडेर एउटा ठूलो खुलासा भएको छ । सञ्चारमाध्यममा आएका खबरहरुलाई आधार मान्ने हो भने आमीर खानको एक महिलासँग सम्बन्ध थियो र उनीबाट एउटा सन्तान पनि छ ।

आमीर खान यति अहिले ५३ वर्षका भए । उनको जन्म ४ मार्च १९६५ मा मुम्बईमा भएको थियो । कानुनी रुपमा आमीर खानका दईवटा विवाह गरे । उनको पहिलो विवाह सन १९८६ मा रीना दत्तासँग भएको थियो । विवाह गर्दा आमीर खान जम्मा २१ वर्षका थिए ।

रीना र आमीरका दईवटा बच्चा जन्मिए । पछिल्लो बच्चा जन्मीएको केही समयपछिबाट उनीहरुको सम्बन्धमा दरार उत्पन्न भयो र अन्ततः उनीहरुले सम्बन्ध विच्छेद गरे । यसपछि सन २००५ मा आमीर खान र उनकी साथी किरण रावबीच निकटता बढ्यो र पछि विवाहमा परिणत भयो । उनीहरुको पहिलो भेट फिल्म शुटिङका क्रममा भएको बताइएको छ । अहिले आमीर खान र किरण रावबीच सम्बन्ध राम्रो छ र एकअर्कालाई औधी माया गर्छन् । किरण राव फिल्म डाइरेक्टर हुन ।

तर आमिर खानको अरु कुनै महिलासँग पनि नाजायज सम्बन्ध भएको खुलासा भएको छ । जसका बारेमा आमीर खानले अहिलेसम्म सार्वजनिक रुपमा कुनै प्रतिक्रिया दिएका छैनन् । यति मात्रै होइन उनको नाजायज सम्बन्धबाट जन्मीएको एउटा छोरा पन रहेको बताइएको छ । जसको तस्वीर हिजआज सामाजिक सञ्जालमा भाइरल भएको छ ।

जेसिका थिइन आमीर खानकी प्रेमिका
वावस्तवमा, अहिले आमीर खानको नामक जेसिका हाइन्ससँग जोडेर चर्चा गरिएको छ । स्रोतका अनुसार उनीहरुको पहिलो भेट फिल्म गुलामको शुटिङका क्रममा भएको थियो । त्यसपछि आमिर र जेसिका लामो समय प्रेम सम्बन्धमा रहे । सोही समयमा जेसिका गर्भवती भइन । जब जेसिकाले आमीरलाई आफू गर्भवती भएको जानकारी गराइन । तर आमीरले गर्भपतन गर्न भने । जेसिकाले बताए अनुसार उनी बच्चालाई जन्माउन चाहान्थिन तर आमीर भने अर्बोसन गर्न यसैबीच उनी आमीरबाट टाढा भइन र छोराको जन्म भयो ।

अहिले आमीर खानको नाजायज छोरो १५ वर्ष भएको र उ पनि एक मोडल बनिसकेको दाबी गरिएको छ । आमीर खानको अवैध सम्बन्धबाट जन्मीएको छोराको नाम जान हो । जो चर्चित मोडल बनिसकेका छन् । यी सबै कुराको दाबी र पुष्टी मिडियामा आएर जेसिकाले खुलासा गरिन ।

तर यसबारेमा आमीर खानसँग जिज्ञासा राख्दा उनले प्रतिक्रिया दिन अस्वीकार गर्दै भने मैले जेसिका नाम गरेकी कुनै पनि केटीलाई चिन्दैन र कुनै सम्बन्ध पनि छैन । साथै कुनै नाजायज छोरो पनि छैन । उज्जव प्रभात डटकमबाट

कमेन्ट गर्नुहोस्