मलेसियामा नेपाली दूतावासद्वारा कन्सुलर सेवा शिबिर सञ्चालन

मलेसिया, असार ३० । मलेसियास्थित नेपाली दूतावासले अवैधानिक कामदारलाई लक्षित गरि संचालन गरेको एक दिने कन्सुलर सेवाबाट तीन सयजना लाभन्वित भएका छन् ।

शनिबार मलेसियाका दुई ठुला शहर जोहोरबारु र पेनाङमा सञ्चालन गरिएको शिबिरबाट करीब तीन सय नेपाली कामदारले सेवा लिएको दूतावासले जनाएको छ ।

मलेसियाली सरकारले अवैधानिक कामदारमाथि धरपकड शरु गर्न थालेपछि भौगोलिक रूपमा दूतावासबाट टाढा रहेका नेपालीलाई दूतावास आउँदा बाटोमै पक्राउ पर्नसक्ने खतरा बढेको भन्दै दूतावासले सम्बन्धित ठाउँमा नै पुगेर शिबिर संचालन गरेको बताएको छ।

मलेसियाको अध्यागमन विभागले लागू गरेको घ क्ष्ल् इल्भ् कार्यक्रम अन्तर्गत संचालन गरिएको शिबिरबाट अबैधानिक नेपाली कामदारलाई एकतर्फी यात्रा अनुमतिपत्र बितरण गरिएको छ।

साथै शिबिरमा उपस्थित भएका नेपाली कामदारले त्यो बाहेक अन्य सेवा र कानुनी परामर्शसमेत लिएको दूतावासले जनाएको छ।

कमेन्ट गर्नुहोस्