कतार नेपाली एकता समाजको पाँचौ राष्ट्रिय सम्मेलन अगस्तमा, चित्रबहादुर केसी प्रमुख अतिथि

दोहा, असार ३० । कतार नेपाली एकता समाजको पाँचौं राष्ट्रिय सम्मेलन आगमाी अगस्त इद अल अधाका दिन दोहाको नज्मास्थित शालीमार होटेलमा हुने भएको छ ।

सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले गर्ने बताइएको छ । प्रमुख अतिथि केसीका आगमनका लागि आवश्यक प्रक्रिया पूरा भइसकेको शनिबार एक विज्ञप्ति जारी गर्दै आयोजकले जनाएको छ ।

सम्मेलनको तयारीका लागि सम्मेलन मूल आयोजक समिति र माताहातका उपसमितिले तीब्र गतिमा काम गरिरहेका जनाइएको छ । साथै सम्मेलनका तयारी अन्तिम चरणमा पगेको पनि विज्ञप्तिमार्फत जनाइएको छ ।

समाजका अध्यक्ष लुमाकान्त पुनले जारी गरेको विज्ञप्तिमा यसअघि झै पाँचौ सम्मेलनलाई पनि भव्य र सभ्य रुपमा सम्पन्न गर्न व्यवसायी, समाजसेवी, इन्जितियर, पत्रकार, कलाकारलगायत प्रवासी नेपालीदाजुभाई तथा दिदीबहिनीलाई अपील गरिएको छ ।

कमेन्ट गर्नुहोस्