विश्वकपः तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्याण्डबीचको खेल शुरु

काठमाडौं, असार ३० । रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबल अन्तर्गत अहिले तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्याण्डबीचको खेल शुरु भएको छ ।

तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्याण्डबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा पौनै ८ बजे शुरु भएको हो । यी दुबै टीम समूह जी मा थिए । भने समूह चरणको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई १–० पराजित गरेको थियो ।

सेमीफाइनलमा इंग्ल्याणड क्रोएसियासँग २–१ ले पराजित भएको हो भने बेल्जियम फ्रान्ससँग १–० गोलले । ८ वर्षपछि विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको इंग्ल्याण्डको ५२ वर्षपछि फाइनलमा पुग्ने सपनामा क्रोएसिया बाधक बनेको थियो । इंग्ल्याण्डले सन १९६६ मा उपाधि जिते यता फाइनलमा पुग्न सकेको छैन ।

यता सन् १९८६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको बेल्जियमको पहिलो पटक फाइनल पुग्ने सपना फ्रान्सले चकनाचुर पारेको थियो । बेल्जियम विश्वकप फुटबल प्रतियोगितामा पहिलो पटक तेश्रो स्थान हासिल गर्ने दाउमा छ।

कमेन्ट गर्नुहोस्