डा. गोविन्द केसीको आन्दोलन जनताको पक्षमा– चित्रबहादुर

काठमाडौं, असार ३० । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले डाक्टर गोविन्द केसीको आन्दोलन जनताको पक्षमा रहेको बताएका छन् ।

शनिबार राजधानीमा जनमोर्चाको प्रथम काठमाडौं महानगर सम्मेलनको उद्घाटन गर्दे अध्यक्ष केसीले मेडिकल माफियाहरूले काठमाडौंलाई मात्र नेपाल देख्ने र गरिवका छोराछोरीहरूलाई डाक्टर हुन वाट वञ्चित गर्नको लागि चलखेल गरेको पनि आरोप लगाए ।

केसीले छिटो भन्दा छिटो डाक्टर गोविन्द केसीको माग पुरा गर्न पनि सरकारको ध्यानाकर्षण गराए । त्यस्तै उनले नेपालमा संघीयता विदेशीको ग्राइनडिजाइनमा आएको भन्दै अहिले वैदेशिक हस्तक्षेप व्याप्त रहेको जिकिर गरे ।

अध्यक्ष केसीले अहिलेको अवस्थामा मुलुकले संघीयतालाई आर्थिक हिसावले पनि धान्न नसक्ने बताए । उनले भने, “जनमोर्चाले प्रादेशीक ईकाइको नामकरण गरेको थियो , अहिले संघियतावादीले तिनै नाम कायम गर्दै छन्।”

काठमाडौंको फोहोरको डंगुर उठाउन नसकने सरकारले मेट्रो रेलको सपना देखाउनु हास्यास्पद भएको बताए । “मेलम्चीको नाममा अरवौ खर्च भईसकेको र विदेशी प्रभुको इसारामा देश कति दिन चल्ने, विदेशहरूले यहाँको स्रोत साधन माथीको दोहन बन्द गर्नु पर्छ । ” उनले भने ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा ३ नम्बर प्रदेश समन्वय समितिका सदस्य आन्नद शर्माले पहिलेको भन्दा राष्ट्रियताको लडाई अहिले झन सशत्त, रूपमा अगाडि वढाउन आवश्यक रहेको जिकिर गरे ।

त्यस्तै प्रदेश ४ का सभासद प्रिया थापा (सुप्रभा) ले यो सरकारले जनताको आधारभुत आवश्यकतामा समेत सिन्को नभाचेको आरोप लगाए । कार्यक्रममा राजमोका नेता समिर सिंह, ऋतु केसी लगायतले मुलुक अझै पनि सोचे अनुरुप बिकासको बाटोमा अघि बढ्न नसकेको धारणा राखेका थिए ।

कमेन्ट गर्नुहोस्