प्रियंका र आयुष्मानको इन्गेजमेन्ट

काठमाडौं, असार ३१ । डेढ वर्ष लामो प्रेम सम्बन्धलाई अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले अन्ततः विवाहमा परिणत गर्ने भएका छन्। उनीहरुबीच इन्गेजमेन्टसमेत भइसकेको छ ।

इंगेजमेन्ट भएको कुरा आयुष्मानकी आमा रविना देशराज जोशीले खुलासा गरेकी हुन्। रविनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रियंका र आयुष्मानबीच इंगेजमेन्टको तस्बिर सार्वजनिक गर्दै छोरा-बुहारीलाई बधाई दिएकी छन्। उनीहरुबीच विवाह कहिले हुने हो भन्नेबारे भने खुलाइएको छैन।

कमेन्ट गर्नुहोस्