सिटौला भन्छन्,-‘सरकार संविधानलाई तहसनहस बनाउने खेलमा लाग्दैछ’

विराटनगर, असार ३१ । कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दुई तिहाइको दम्भमा सरकार संविधानलाई तहसनहस बनाउने खेलमा लागेको आरोप लगाएका छन् । विराटनगरमा शनिबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्यसमेत रहेका उनले सरकारको आडमा मुलुकमा मनपरीतन्त्र मौलाउँदै गएको बताए ।

‘दुई तिहाइको बलमा सरकार संविधान र कानुनविपरीतका काम गरिरहेको छ,’ उनले भने, ‘सरकारले प्रतिपक्षमा कांग्रेस छ भनेर बुझोस् । अब सरकार हुकुमी र तानाशाही शैलीमा अगाडि बढे कांग्रेसले प्रतिवाद गर्दछ ।’ कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्