पश्चिममा भारी वर्षा हुने, सचेत रहन आग्रह

काठमाडौं, असार ३१ । देशभर आज पनि मौसम सामान्यतया बदलीको अवस्थामा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वदेखि पश्चिमका प्राय सबै क्षेत्रमा मौसम बदली भइ हल्कादेखि मध्यम स्तरको पानी पर्ने सम्भावना रहेको मौसमविद वरुण पौडेलले जानकारी दिए । आज पनि भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ । मनसुनी गतिविधि सामान्य अवस्थामा रहेकाले मौसम केही समय खुलेको जस्तो भए पनि फेरि बदली भइ पानी पर्ने सम्भावना छ ।

विशेष गरी पश्चिमतिर बेलुकापख ठूलो पानी पर्ने मौसमविद पौडेलले बताए । काठमाडौँ उपत्यकासहित मध्य क्षेत्रमा पनि बदली तथा केही समय मौसम खुल्ने क्रम चल्ने र पानी पर्ने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । मौसम अझै केही दिन यस्तै रहने देखिएको छ ।

कमेन्ट गर्नुहोस्