यी हुन् फ्रान्स र क्रोएसियालाई फाइनलमा लैजाने १० खेलाडी

काठमाडौं, असार ३१ । रुसमा जारी विश्वकप फुटबलमा आज फ्रान्स र क्रोएसियाबीच उपाधि भिडन्त हुँदै छ । फाइनल भिडन्त लजनिकी रंगशालामा हुने छ । फ्रान्सले तेस्रो पटक र क्रोएसियाले पहिलो पटक फाइनलमा स्थानमा बनाएका हुन् ।

यी दुबै टिमलाई यहाँसम्म पुर्याउनका लागि पाँच-पाँच खेलाडीको भूमिका महत्वपूर्ण रह्यो । प्रतियोगिताभन्दा पहिले ब्राजिल, अर्जेन्टिना, बेल्जियम, स्पेन, इंग्ल्याण्ड, र जर्मनीलाई उपाधिका प्रमुख दाबेदार मानिएका थिए । तर सो टिमहरु क्वाटरफाइनलभन्दा अगाडी बढ्न सकेनन् । अन्तमा आएर खासै उपाधिका दाबेदार नमानिएका फ्रान्स र क्रोएसिया फाइनलमा पुगे । फ्रान्स र क्रोएसियालाई फाइनलमा पुर्याउन यी खेलाडीको अहम् भूमिका रह्योः

फ्रान्सका पाँच नायकः किलियन एम्बाप्पे, एटोनी ग्रीजम्यान, पालपोग्वा, एनगोलो कान्टे, हुगो लोरिस
क्रोएसियाका पाँच नायकः लुका मोड्रिच, इवान रकिटिच, मारियो मांजुलिच, इवान पेरिसिच, डेनियल सुबासिच


६० प्रतिशत गोल ग्रीजम्यान एम्बाप्पेको नाममाः फ्रान्सले यस विश्वकपमा ६ खेलमा १० गोल गरेको छ । जसमा एन्टोनी ग्रीजम्यान र केलिएन एम्बाप्पेले ३-३ गोल गरे । यस्तै, सबैभन्दा बढि पास मिडफिल्डर पाल पोग्वा (२६४) र एनगोलो कान्टे (३५१)ले दिए ।

 
कोलकिपर हुगो लोरिसका ५ खेलमा ७३.३ प्रतिशत गोल बचाएको रेकर्ड छ । उनले पछिल्लो खेलमा ७ शटलाई गोल पोस्टमा जानबाट रोकेका थिए ।


मड्रिच रकिटिचका २३.९४ पासः क्रोएसियालाई फाइनलमा पुर्याउन उसका अनुभवी खेलाडी लुका मोड्रिच र इवान रकिटिचको महत्वपूर्ण भूमिका छ । दुवैले टिमका लागि कूल ३,३६२ पास दिएका छन् । क्रोएसियाले यस विश्वकपमा १२ गोल गरेको छ । जसमा मोड्रिच, रकिटिच, पेरिसिच र मजुकिचले जम्मा ७ गोल गरेका छन् । कोलकिपर डेनियल सुबासिचले पाँच खेलमा ७५ प्रतिशत गोल बचाएका छन् । उनले दुई पेनाल्टी सुटमा २-२ पटक गोल हुनबाट जोगाएका छन् ।


जारी विश्वकपमा फ्रान्सका कुनै खेल पनि अतिरित्त समयमा गएका छैनन् । तर क्रोएसियाले भने नटआउट सबै खेल एक्स्ट्रा समयमै जितेको छ । दुबैबीच विश्वकपमा अहिलेसम्म एक पटक (१९९८) प्रतिस्पर्धा भएको छ । जसमा फ्रान्स २-१ ले विजयी भएको थियो ।

अन्तर्राष्ट्रिय खेलमा दुवै पाँच पटक आमनेसामाने भएका छन् । जसमा फ्रान्सले सुरुवाती ३ खेल (१९९८, १९९९ र २०००) मा जित हासिल गरेको छ । २ खेल भने (२००४ र २०११) बराबरीमा रोकिएको थियो । विगतले फ्रान्स नै यो पटकको विश्वकपको ट्रफि उचाल्न सक्छ भन्ने देखाउँछ । तर पनि उसलाई अहिले सजिलो छैन, किनकी जारी विश्वकपमा क्रोएसियाले शानदार प्रदर्शन गरेको छ ।

-एजेन्सी

कमेन्ट गर्नुहोस्