बधार्इ छ यी जोडीलार्इ, कहिले जुर्दैछ विवाहको साइत ? (भिडियोसहित)

इटहरी । म्युजिक भिडियो तथा नेपाली चलचित्र क्षेत्रकी चर्चित मोडल तथा अभिनेत्री प्रियंका कार्की र चर्चित अभिनेता आयुष्मान देशराज जोशीले अन्ततःवास्तवमै इन्गेजमेन्ट गरेका छन् ।

लामो समयसम्म प्रेम सम्बन्धमा रहेका यी जोडी कामबाहेक प्रेमका कारण पनि निकै चर्चामा छन् । त्यतिमात्र होइन, बेलाबेलामा सामाजिक सञ्जालमा ट्रोल समेत बन्ने गरेका छन् ।

असार ३० गते शनिबारका दिन शुभ साइत पारी यी जोडीले परिवारकै सहमतिमा टिकाटालो भएको हो । अलि सुटुक्कै गरिएको यो इन्गेजमेन्टमा चलचित्रकर्मीहरुलाई भने निम्तो थिएन तर दुबैले आफ्ना नजिकका सिने क्षेत्रका हस्तीहरुलाई भने इन्गेजमेन्टको बारे सुनाएका थिए ।

प्रेमपछि इन्गेजमेन्ट गरेका प्रियंका र आयुष्मानको विवाहको साइत चाहि कहिले हो त ? यो कुरा भने सार्वजनिक भएको छैन । इन्गेजमेन्टका तस्वीर पुर्व मिस नेपाल जेनिशा मोक्तानले इन्स्टाग्रामबाट सार्वजनिक गरेकी थिइन् । उनी नायिका प्रियंका कार्कीको बुहारी समेत हुन् ।

हेर्नुस बिस्तृत सहितको भिडियो–

 

कमेन्ट गर्नुहोस्