सहमति खोज्न नेता श्रेष्ठ र डा. केसीका सहयोगीबीच ३ घण्टा लामो ‘वान टु वान’ वार्ता

काठमाडौं, असार ३१ ।

जुम्लामा अनशनरत् डा. गोविन्द केसीका मागमा सहमति गर्न नेकपाका नेता नारायणकाजी श्रेष्ठ र डा. गोविन्द केसीका सहयोगी डा. अभिषेश सिंहबीच ३ घण्टा लामो ‘वान टु वान’ वार्ता भएको छ ।

डा. सिंहका अनुसार, अनशनरत डा केसीका मागमा सहमति खोज्न वान टु वान छलफल भएको हो । उनले भने ‘हामी सोह्रखुट्टेको घरमा गएर शनिवार राती दुई घण्टा छलफल गर्यौं । नेता श्रेष्ठले केसीका माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् ।’
अनौपचारिक छलफलमा श्रेष्ठले चिकित्सा शिक्षा विद्येयक आज संसदमा दर्ता नगर्ने अनौपचारिक छलफल भएको बताएका थिए।

पहिलो चरणका वार्ता आजै श्रेष्ठ र डा. सिहबीच भएको वान टु वान छलफलमा आज वार्ता टोलि बनाएर पहिलो चरणको वार्ता आजै गर्ने मोटामोटी सहमति भएको छ ।

 

कमेन्ट गर्नुहोस्