यस्तो सन्तान हुनुभन्दा त कोखै बाँझो रहेको वेश (हेर्नुहोस् भडियोसहित)

गोरखा जिल्ला भीमसेन थापा गाउँपालिका वडा नं.१ सपुङ्गेका एक व्यक्तिले आफ्नै ६४ वर्षीय आमालाई कुटेर मारेका छन् । प्यारालाइसिस रोगले थला परेकी आमा बबी विश्वलाई छोरा राजेश विश्वले निर्घात कुटपिट गरी हत्या गरेका छन् ।

राति आमाको मृत्यु भएपछि बिहानै आमा बितेको भन्दै राजेश गाउँमा गए । उनीसंगै १७ जना मलामीहरुले शवलाई शदखत गर्न दरौदी किनारमा लगे । अामाको लाश जलाउने तयारी गर्दै गर्दा जिल्ला प्रहरी कार्यालयबाट आएका प्रहरीले नियन्त्रणमा लिए । अभियुक्त राजेशसहित १७ जना मलामीहरुलाई समेत नियन्त्रण गरी प्रहरीले अनुसन्धान गरेको थियो ।

हामी उक्त गाउँमा घटनाको वास्तविकता बुझ्न जाँदा १२ जना मलामी छुटिसकेको थिए भने अभियुक्त राजेश विश्व सहित ४ जना अझै प्रहरी नियन्त्रणमा थिए । राजेशकी श्रीमतीले समेत प्रहरीलाई आमा कुटेर हत्या गरेको बयान दिएकी थिईन् । आमा मरेपछि घरमा कोही बस्दैन । घरमा राती राती भुतले तर्साएको र आमाको आवाजमा भूत बोल्ने भन्दै उक्त घर बस्न नमिल्ने समेत स्थानीयले बताए ।

हेर्नुहोस् भिडियो–

कमेन्ट गर्नुहोस्