अलिबाबाका संस्थापक ज्याकमालार्इ पछिपार्दै अम्बानी बने एशियाकै सबैभन्दा धनी व्यक्ति !

काठमाडौं, असार ३१ ।

भारतीय उद्योगपति मुकेश अम्बानी एशियामा सबैभन्दा धनी व्यक्ति बनेका छन् । यसअघि इकमर्स कम्पनी अलिबाबाका संस्थापक जैकमा एशियाका सबैभन्दा धनी व्यक्ति बनेका थिए ।

ब्लूमबर्गको रिपोर्ट अनुसार, शुक्रबारका दिन मुकेश अम्बानीको सम्पत्ति बढेर ४४.३ बिलियन डलर भएको हो । अम्बानीको सम्पत्तिमा यो बृद्धि रिलायन्स इण्डष्ट्रिजको शेयरमा जबर्जस्त उछाल आएपछि भएको हो ।

रिलायन्सको शेयरमा गत शुक्रबार १.७ प्रतिशतले बृद्धि भएको थियो । शुक्रबारका दिन अलिबाबाका संस्थापक जैक माको सम्पत्ति ४४ बिलियन डलर पुगेको थियो ।

अम्बानी अहिले भारतको इनर्जी सेक्टर र सञ्चार क्षेत्रमा विशेष सक्रिय छन् । अम्बानीले आगामी सात दिनमा आफ्नो सम्पत्ति दोब्बर पार्ने घोषणा गरेका थिए ।

कमेन्ट गर्नुहोस्