चर्चामा प्रधानमन्त्रीकाे कविता ‘मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ’

चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि पुगेर कविता लेखेका छन् ।

आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय ‘बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन २०७५’ अन्तर्गत आज चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री ओलीलगायत स्वदेश र विदेशका साहित्यकारहरु सिर्जनामा जुटेका थिए ।

यस्तो छ प्रधानमन्त्री ओलीकाे कविता

परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र
बाँचुन्जेल हो जिन्दगी मर्नु त छँदै छ ।

मरेपनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ
सगरमाथा, लुम्बिनी, मेची, महाकाली

हाम्रा लह–लह खेतबारी, झपक्क कान्ला र अालि
सपनामा भएपनि देख्न पाउँ,

चन्द्रागिरिको डाँडामा आएर सपनामा
भावी सन्नती मुस्कुराएको देख्न पाउँ
मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ ।

कमेन्ट गर्नुहोस्