पेनाल्टी किक पाएपछि फ्रान्सकाे दोश्रो गोल

 

मस्को, फिफा विश्वकप फुटबलको फाइनल खेलमा फ्रान्सले पेनाल्टी किकको अवसर पाएपछि दोश्रो गोल गरेको छ ।

खेलको ३६ औं मिनेटमा क्रोशिएशियाका खेलाडीको हेन्डफलको सजायस्वरुप फ्रान्सले पेनाल्टी पाएको थियो । थर्ड एम्पायरले रिभ्यू गरेपछि पेनाल्टीको निर्णय गरिएको थियो । क्रोएशियाका खेलाडीले भने उक्त निर्णयको बिरोध गरेका थिए ।

पेनाल्टीमको अवसरलाई गोलमा बदल्ने काम फ्रान्सका ७ नम्बर जर्सी खेलाडी ग्रीजमानले गरेका थिए । यो सँगै फ्रान्स २ गोल गर्न सफल भएको छ । क्रोएशियाको भने एक गोल मात्रै छ ।

कमेन्ट गर्नुहोस्