सुन तस्करीका मुख्य अभियुक्त गोरेका भाइ रमेश उप्रेती युएईमा पक्राउ

युएई,असार ३१। सुन तस्करीका मुख्य अभियुक्त गोरे भनिने चुणामणी उप्रेतीका भाइ रमेश उप्रेती लाई युएई प्रहरीले पक्राउ गरेको स्रोतले जानकारी दिएको छ।

युएईमा बसि सुन तस्करीमा सहयोग पुर्याउदै आएका उनलाई इनटरपोलले रेड कर्नर नोटिसमा राखेको थियो लामो समय सम्म निगरानी गरि केहि दिन उनलाई पक्राउ गर्न युएई प्रहरी सफल भएको हो।

यूएईबाट सुन किनेर नेपाल पठाउन उप्रेतीसहितको समूहले भूमिका खेलेको सरकारी छानबिन समितिको अनुसन्धानले देखाएको थियो।
पक्राउ परेका उप्रेती लाई आबस्यक प्रक्रिया पूरा गरि केहि दिन भित्र नेपाल पठाउने तयारी रहेको स्रोतले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्