यस कारण सम्झिन लायक छ यो विश्वकपको फाइनल खेल

मस्को, असार ३१ । रुसको राजधानी मस्कोस्थित लुझ्निकी रङ्गशालामा भर्खर सम्पन्न विश्वकप फुटबलको फाइनल खेल कुन कुन कुराका लागि सम्झन योग्य हुनेछ भन्दा धेरैको उत्तर सजिलो हुनेछ, फ्रान्सको बहु-विश्वकप विजेताहरूको क्लबमा प्रवेश । तर यसका अतिरिक्त यस रोमांचकारी प्रतिस्पर्धालाई अन्य धेरै कारणले समेत मानिसहरूले सम्झिराख्ने छन् ।

लामो समयपछि सर्वाधिक गोल

यस खेलमा दुवै टीमका तर्फबाट ६ गोल गरिए । यो एक्काइसौँ शताब्दीको यो पहिलो विश्वकप फाइनल हो, जसमा यति धेरै गोल गरिए । यस अघि सन् १९६६ को विश्वकपमा इङ्ल्याण्डले पश्च्चिम जर्मनीलाई ४-२ ले हराउँदा यस्तो संयोग जुरेको थियो । तर उक्त समय आउन खेल इन्जुरी टाइममा पुगेको थियो ।

यसका अतिरिक्त उक्त शताब्दीमा १९५८ मा ब्राजिलले स्विडेनलाई ५-२ ले हराएको थियो । यो नै विश्वकप फुटबलमा सर्वाधिक गोलको रेकर्ड पनि हो । यसका अतिरिक्त १९३८ मा इटलीले हंगेरीलाई र १९३० मा उरुग्वेले अर्जेन्टिनालाई ४-२ ले हराएका थिए ।

याे पनि पढ्नुस  आज फ्रान्स र बेल्जियमको भिडन्त: को बलियो ? इतिहास यस्तो छ

कुनै पनि टीन-एजरद्वारा दोस्रोपल्ट विश्वकप फाइनलमा गोल

यस विश्वकपमा १९ वर्षीय युवा किलियन एम्बापेले खेलको ६५ औं मिनेटमा गोल गरेर फ्रान्सलाई निर्णायक अग्रता मात्र दिलाएनन् आफू समेत पेलेपछि विश्वकप फाइनलमा गोल गर्ने टीन-एजर बन्न सफल भए । पेले विश्वकप १९५८ को फाइनलमा गोल गर्दा मात्र १७ वर्षका थिए । उक्त फाइनल खेल सर्वाधिक गोल हुने विश्वकप फाइनलका रूपमा अद्यावधि याद गरिन्छ ।

सबैभन्दा हास्यास्पद गोल

खेलको ६९ औं मिनेटमा गोल पोस्ट नेर पुगेको बललाई फ्रान्सका गोल किपर लोरिसले ड्रीबल गर्न खोजे तर क्रोएसियाका मारियो मान्जुकिचले त्यसलाई सजिलै गोल पोस्टभित्र छिराइ दिए ।

याे पनि पढ्नुस  आज अर्जेन्टिना र आइसल्याण्ड भिड्दै, मेसीको जादू नचले के होला ?

१८ औं मिनेटमै आत्मघाती गोल

पहिलो चोटि विश्वकप फाइनल पुगेको क्रोएसिया सुरुदेखि नै आक्रामक थियो । खेलको १८ औं मिनेटमा फ्रान्सले दायाँतर्फ बक्स नजिकैबाट फ्री-किक पायो । फ्रान्सका ग्रिज्म्यानको सट गोल किपरकहाँ पुग्नेवाला थियो, मेन्जुकिचले टाउको लगाइदिए र त्यो प्रयास आत्मघाती गोलमा परिणत हुन पुग्यो।

फ्रान्सले सजिलै गऱ्यो दुई गोल

सुरुका दुई गोल एक किसिमले फ्रान्सलाई उपहार जस्तै मिले । आत्मघाती गोलको क्षतिपूर्ति त क्रोएसियाका तर्फबाट २८ औं मिनेटमै पेरिसिचले एक गोल फर्काएर गरिसकेका थिए तर ३८ औं मिनेटमा पेनाल्टीको रूपमा फ्रान्सलाई अर्को अवसर प्राप्त भयो । जसलाई ग्रिज्म्यानले खेर जान दिएनन् । यसलाई एक प्रकारले उपहार नै मानिनेछ।

याे पनि पढ्नुस  विश्वकप फुटबलः नकआउट चरणमा पुगेका १४ टिम यी हुन्

हाफ टाइमअघि ३ गोलको रेकर्ड

सन् १९७४ पछि यस विश्वकपमा मात्र हाफ टाइमअघि नै ३ गोल भएका थिए ।

फ्रान्सको खुसी

यस जीतसँगै फ्रान्स बहु-विश्वकप विजेता राष्ट्रहरूको सुचिमा पर्न सफल भएको छ । यस अघि उक्त सुचिमा ब्राजिल, अर्जेन्टिना, इटली, जर्मनी र उरुग्वे मात्र थिए।

क्रोएसियाली चर्चा

यस खेलमा क्रोएसियाले अत्यधिक चर्चा बटुल्न सफल रह्यो । चाहे पूर्ण आशावादिताका साथ खेलेको खेल होस् या उसको उत्कृष्ट विश्वकप प्रदर्शन । युरोपको कान्छो देशको विश्वकप यात्रा सफल नै भयो भन्नु पर्ने हुन्छ ।

 

कमेन्ट गर्नुहोस्