विश्वकप फुटबलमा को खेलाडीले कुन अवार्ड पाए ? हेर्नुस्

काठमाडौं, असार ३२ । रुसमा सम्पन्न विश्वकप फुटबल २०१८ को फाइनलमा फ्रान्ससँथ पराजित क्रोएसियाका कप्तान लुका मोड्ररिच प्रतियोगिताकै उत्कृष्ट खेलाडी हुँदै  गोल्डेन बलको अवार्ड जितेका छन् ।

क्रोएसियालाई पहिलो पटक फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका उनले उत्कृष्ट खेलाडी हुँदै गोल्डेल बल जितेका हुन्। उनले प्रतियोगितामा २ गोल गरेका थिए भने एउटा गोलका लागि पास दिएका थिए।

यस्तै बेल्जियमका एडेन हजार्डले शिल्भर बल पाए भने फ्रान्सका एन्टोनी ग्रीजम्यानले ब्रोन्ज बल जिते। यस्तै च्याम्पियन फ्रान्सका युवा स्टार किलिएन एम्बाप्पेले बेस्ट योङ प्लेअरको अवार्ड जिते। विश्वकपको फाइनलमा गोल गर्ने पेलेपछिका पहिलो टिनएजर खेलाडी एम्बाप्पे उत्कृष्ट युवा खेलाडी बनेका छन्। यस विश्वकपमा एमबाप्पेले कूल ४ गोल गरे। उनलाई पेलेले बधाईसमेत दिए।

यस्तै प्रतियोगितामा सर्वाधिक ६ गोल गरेका इंग्ल्याण्डका कप्तान ह्यारी केनले गोल्डेन बुट जिते। यस्तै ४ गोल गर्नुका साथै २ एसिस्ट गरेका ग्रीजम्यानले शिल्भर बुट तथा ४ गोल र एक असिस्ट गरेका बेल्जियमका रोमेलु लुकाकुले ब्रोन्ज बल जिते।

 बेल्जियमका गोलकिपर थिबाउट कोर्तवाले उत्कृष्ट गोलकिपर हुँदै गोल्डेन ग्लोभ्स जिते । यस्तै समूह चरणबाटै बाहिरिएको डिफेन्डिङ च्याम्पियन स्पेनले फेयर प्लेको अवार्ड जित्यो।

एजेन्सी

कमेन्ट गर्नुहोस्