दैनिक राशिफलः आज तपाइको दिन यस्तो छ

वि.सं.२०७५ साल असार ३२ गते, सोमबार। इश्वी सन् २०१८ जुलाई १६ तारिख, नेपाल संवत् ११३८ दिल्लाथ्व, आषाढ शुक्लपक्ष। तिथि-चतुर्थी, २३स्२५ बजेउप्रान्त पञ्चमी

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दुस्ख दिनेछन्। तापनि मिहिनेत गर्दा नतिजा सकारात्मक हुनेछ। आफन्तको भरपर्दा धोका हुन सक्छ। साझेदारीका काममा अलि सावधान रहनुहोला।

बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पार्न सक्छ। तापनि, बुद्धिको उपयोगले घरायसी काम सम्पादन हुनेछ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह
अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
फाइदा उठाउन प्रतिस्पर्धीहरूबाट जोगिएर काम लिनुपर्नेछ। वादविवादले समस्या निम्त्याउने हुँदा बोली–व्यवहारमा सजग रहनुहोला। बुद्धिको उपयोगले मनग्गे धन आर्जन हुनेछ। नियमित काम सम्पादन भए पनि नयाँ कामका लागि केही समय प्रतीक्षा गर्नुहोला।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे

साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। नयाँ अवसर प्राप्त भए पनि नियमित कामलाई महत्त्व दिनाले पछि परिनेछ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो
घरखर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। एक पटक बनिसकेको काम पनि दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउनेछ भने प्रयत्न गर्दा विदेशयात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् र फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।

बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ भने आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ।

धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेत परे पनि विगतका कमजोरी सच्याउँदै नयाँ अवसर जुटाउन सफल भइनेछ। आध्यात्मिक ज्ञानले डर तथा दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्। नयाँ काम थाल्न केही समय पर्खनुपरे पनि पूर्वाधार तयार गर्न सकिनेछ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ।

कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थिति अनुकूल बन्नाले छोटो समयमा राम्रो फाइदा उठाउन सकिनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग रहनुपर्ला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। -नेपाली पात्रो

कमेन्ट गर्नुहोस्