युएईमा एक नेपालीको ब्रेन ड्यामेज, २५ दिनदेखि कोमामा

युएई, असार ३२। रोजगारीका लागि युएई आएका एक नेपालीको मस्तिष्क नै ड्यामेज भएको छ। युएईको दुबई राज्य स्थित फ्रम फ्रेस कम्पनीमा काम गर्दै आएका इलामका ३८ बर्सिए जंग बहादुर लुङ्गेली गत जुन ११ तारीख देखि दुबई अस्पतालको कोमामा उपचाररत रहेको बिरामीका आफन्त चेतन बरालले जानकारी दिएका छन।

काम सकेर सामन्य अबस्थामा कम्पनी होस्टेल फर्किएका लुङ्गेलीलाइ सुरुमा हृदय घात भएको र एम्बुलेन्समा राखी अस्पताल पुर्याउदा बाटोमा नै स्वासप्रस्वास बन्द भएको थियोे। अस्पतालमा डाक्टरले पुन बिधुतिय उपकरणको प्रयोग गरि स्वासप्रस्वास संचालनमा ल्याउन सफल भएपनि झन्डै ३० मिनेट सम्म मस्तिष्कमा रक्तसञ्चार नभए पछी मस्तिष्कनै ड्यामेज भएको उपचारमा संलग्न डाक्टरको भनाइ उदृत गर्दै बरालले जानकारी दिएका छन।

बिरामीलाई नेपाल लैजाने तयारी

अस्पतालमा उपचारका लागि राखेको २५ दिन सम्म १ लाख १४ हजार दिराम नेपाली झन्डै ३३ लाख रुपैयाँको उपचार खर्च हाल सम्म बिमा रकम बाट भुक्तानी भएको भएपनि अब बिमा रकम सकिएको र दुबईमा उपचार गर्न नसकिने अवस्था देखिएपछी एयर एम्बुलेन्स मार्फत केहि दिन भित्रै नेपाल लैजाने तयारी रहेको बरालले एभरेस्ट दैनिकलाई जानकारी दिएका छन् ।

बिमा रकम सकियो एयर एम्बुलेन्स बाट नेपाल लैजाने तयारीमा छौ त्यसको लागि झन्डै २८ हजार दिराम खर्च लाग्ने रहेछ बिरामीको अवस्था बारे दूतावासलाई पनि जानकारी गराएका छौ ।कम्पनीले रकम दिने नदिने टुंगो भएको छैन ।नेपालमा सरकारले उपचारमा सहयोग गर्छ भन्ने आसा राखेका छौ उनको भनाइ छ। हाल अस्पतालमा उपचाररत लुङ्गेली बिवाहित हुन उनको परिवारमा आमा ,बुबा, श्रीमती र एक छोरी छिन।

कमेन्ट गर्नुहोस्