वरिष्ठ संगीतकार अम्बर गुरुङकी श्रीमतीको निधन

काठमाडौं, असार ३२ ।  वरिष्ठ गायक तथा संगीतकार अम्बर गुरुङकी श्रीमती बिना गुरुङको निधन भएको छ । उपचारका क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा आइतबार बेलुकी उनकाे निधन भएको हो ।

सोमबार बिहान ९ बजे अस्पतालबाट शव यात्रा गरी पशुपति आर्यघाटमा गुरुङको अन्त्येष्टि गरिने परिवारले जनाएको छ । उनले २०११ सालमा अम्बर गुरुङसँग विवाह गरेकी थिइन् । संगीतकार अम्बर गुरुङको २०७३ साल जेठ २५ गते निधन भएको थियो ।

कमेन्ट गर्नुहोस्