२१औं विश्वकपका रोचक घटना के-के हुन् ? हेर्नुहोस्

काठमाडौं, असार ३२ । रुसमा भएको २१औं संस्करण विश्वकप फुटबल सम्पन्न भएको छ । आइतबार राति फ्रान्स र क्रोएसियाबीचको फाइनल खेलसँगै विश्वकप सम्पन्न भएको हो । अब फुटबलको महाकुम्भ २०२२ मा कतारमा हुने छ ।

यो पटकको विश्वकपमा विभिन्न ऐतिहासिक किर्तीमान कायम भएका छन् । नयाँ प्रविधि प्रयोगबाट सञ्चालन भएको प्रतियोगिता सम्झनलायक बनेको छ । योभन्दा पहिलो बन्न नसकेका थुप्रै रेकर्ड कायम भएका छन् । सम्पन्न विश्वकपमा २९ पटक पेनाल्टी प्रहार भयो । यो विश्वकपमा पहिलो पटक भिडियो एसिस्टेन्ट रेफ्री, भिएआर प्रयोग पनि भयो ।

२१औं विश्वकपमा अरु के-के भयो ? पढ्नुहोस्-

रसियामा भएको २१औं विश्वकपमा भएका ६४ खेलमा १६९ गोल भयो । ती गोलका लागि सबै खेलमा गरेर ४९ हजार ६५१ पटक बल पास भयो । यी खेलमा २१९ वटा पहेँलो तथा चारवटा रातो कार्ड प्रयोग भयो । सबै भन्दा धेरै गोल गर्ने टिम बेल्जियम हो । उसले सात खेलमा १६ गोल गरेको छ । तर यसमा एउटा उपहार अर्थात आत्मघाती गोल पनि समावेश छ । तेस्रो भएको बेल्जियमले मात्रै ६ गोल खायो ।

यस्तै विश्व विजेता बनेको फ्रान्स र उपविजेता क्रोएसियाले समान १४ गोल गरे । फ्रान्सको १४ गोलमा दुईवटा उपहार गोल छन् । यस्तै चौथो भएको इंग्ल्याण्डले १२ तथा आयोजक रुसले ११ गोल गरेका छन् ।

याे पनि पढ्नु-

विश्वकप फाइनलका ६ रोचक घटना !

 

खेलाडीको कुरा गर्दा इंग्ल्याण्डका ह्यारी केनले सर्वाधिक ६ गोल गरे र गोल्डेन बुट जिते । यस्तै फ्रान्सका एन्टोनी ग्रिजम्यानले चार गोल गरे भने दुई गोलका लागि सहयोग गरे । बेल्जियमका रोमेलु लुकाकुले चार गोल गरे, एक गोलका लागि सहयोग गरे ।

रुसका डेनिस चेरिशेभ, पोर्चुगलका क्रिष्टियानो रोनाल्डो, फ्रान्सका केलियन एमबाप्पेले समान चार चार गोल गरे । यो विश्वकपमा ११० खेलाडीले गोल गरे । प्रतियोगिताको बेस्ट अट्याकिङ्ग टिम क्रोएसिया रह्यो, उसले सात खेलमा ३५२ पटक अट्याकिङ्ग अटेम्पट गरेको फिफाले जनाएको छ ।

 यस्तै राम्रो पास खेल्ने टिम इंग्ल्याण्ड हो, जसले सात खेलमा ३३ सय ३६ पास खेल्यो । डिफेन्समा सबैभन्दा अगाडि रहेको टिम क्रोएसिया नै हो, उसले ३०१ पटक डिफेन्स, ट्याकल र बचाउ गरेको छ ।

याे पनि पढ्नु-

आफ्नो देशले विश्वकप जित्दा फ्रान्सका राष्ट्रपति यसरी उफ्रिए !

खेलाडीको कुरा गर्दा ब्राजिलका नेइमार गोलका लागि सबैभन्दा धेरै पटक प्रयास गर्ने खेलाडी हुन् । उनले २७ पटक गोलका लागि प्रयास गरे र दुई गोल तथा एक गोलका लागि सहयोग गरे । यस्तै धेरै दूरी दौडने खेलाडी क्रोएसियाका इभान पेरिसिक हुन् । उनले विश्वकपका सबै खेलमा गरेर ७३ किलोमिटर कभर गरे ।

यि पनि पढ्नु-

विश्वकप फुटबलमा को खेलाडीले कुन अवार्ड पाए ? हेर्नुस्

विश्वकप फुटबलः फ्रान्सलाई उपाधिसहित ४ अर्ब, अरुले टिमले कति पाए ?

यस्तै स्पेनका सर्जिओ रामोस एक्लैले ४८५ पास खेले । सबैभन्दा राम्रो बचाउ गर्ने गोलरक्षक बेल्जियमका थिबाउट कोउर्तोइस हुन् । गोल्डेन ग्लोभ अवार्ड पाएका उनले सात खेलमा २७ पटक सुन्दर बचाउ गरे ।

-एजेन्सी

कमेन्ट गर्नुहोस्