संघीय संसदअगाडि प्रदर्शन गर्ने पहाडीसहितका मानवअधिकारकर्मी पक्राउ

काठमाडौं, असार ३२ । चिकित्सा शिक्षा सुधारको माग राखेर गएको १६ दिनदेखि जुम्लामा आमरण अनशनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडि प्रदर्शन सरकारलार्य दवाव दिन उनीहरुले विरोध प्रदर्शन गरेका हुन ।

प्रदर्शनकारीहरुले स्वास्थ्य माफिया अन्त्य गर, स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, सत्याग्रही भोकै छन्, जनता रोएका छन् आदि लेखिएका प्लेकार्ड बोकेका थिए ।

संसदको ३ नम्बर गेटस्थित पानी ट्यांकी नजिक प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको छ ।

पछिल्लो समय मानवअधिकारकर्मी, पेशाकर्मी र स्वस्फूत रुपमा नागरिकहरु डा केसीको पक्षमा प्रदर्शनमा उत्रिएका छन् ।

कमेन्ट गर्नुहोस्