महिलाको लामाे कपडा यहाँ सार्वजनिकस्थलमै प्रहरीले काटिदिन्छन् !

पहिरनले मानिसको व्यक्तित्व झल्किन्छ । विशेषगरी दक्षिण एसियामा अझ मुस्लिम महिलाले त निकै लामा पहिरन लगाउँछ । लामो लगाउन भनिन्छ पनि । मुस्लिम महिलालाई लामो र पूरै शरीर ढाक्ने पहिरन (पोशाक) लगाउन अनिवार्य गरिएको छ । अहिल पनि मुस्लिम महिला बुर्का (मुख छोप्ने विशेष प्रकारको कपडा) लगाउँछ ।

आफ्नो धर्ममा प्रचलित यो नियमलाई पालन गर्नु आज पनि मुस्लिम समुदायमा राम्रो मानिन्छ । तर, आज हामी तपाईलाई एउटा यस्तो देशका बारेमा जानकरी गराउँदै छौं जहाँ महिलाले लामो कपडा लगाए सरकारले नै काटी दिन्छ वा छोटो बनाइदिन्छ ।

भर्खरै सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा तस्वीर यति बेला भाइरल छ । चीन सरकारले त्यहाँको मुस्लिम बहुल्य शिन्कियाङ प्रान्तमा बस्ने बहुसंख्यक मुस्लिम समुदाय उइगर मुसलामानमाथि पछिल्लो समय एकपछि अर्को गर्दै नयाँनयाँ प्रतिबन्घ लगाउँदै आएको छ ।

पहिला त्यहाँको स्कूलमा बच्चालार्य धार्मिक कार्यक्रममा भाग लिन रोक लगायो । त्यसपछि पुरुषहरुलाई लामो दाह्री पाल्न (राख्न) प्रतिबन्ध लगाइ दियो । त्यतिमात्रै नभएर सार्वजनिक स्थानमा मुस्लिम महिलालार्य बुर्का लगाउन पनि रोक लगायो ।

अहिले आएर अर्को एउटा नयाँ नियम अगाडि ल्याएको छ । जसमा महिलाहरुलाई लामो कपडा लगाउन रोक लगाइएको छ । यदि यो नियम विपरित कुनै महिलाले लामो कपडा लगाएको पाइए त्यसलाई तत्काल काटिने (छोटो बनाइने) छ ।

चिनियाँ प्रहरीले उइगुर मुस्लिम महिलालाई लामो कपडा लगाउन रोक लगाएको छ । सडकमा यदि उइगुर मुस्लिम महिला लामो कपडामा देखिएमा तत्काल उनको कपडा कैंचीले काटिएको तस्वीरहरु सार्वजनिक भएका छन् ।

हाल सामाजिक सञ्जालमा उइगुर मुस्लिम महिलाको लामो कपडा काट्दै गरको तस्वीरहरु भाइरल भएका छन् । यस सम्बन्धमा ‘डकुमेटिक अपरेशन एग्नेष्ट मुस्लिमस’ (डीओएएम) संगठनले भनेको, ‘उनीहरुलाई लाग्छ उइगुर मुस्लिम महिलाहरुको कपडा (पोशाक) धेरै लामो छन् । यसका लागि बाध्य भएर उनीहरुले यो नियम लागू गरेका हुन ।’

मुस्लिम महिलाको लामो पोशाक र बुर्काले उनीहरुलाई काम गर्न र हिड्ढुल गर्न पनि असहज भएकाले आधुनिक समयमा धर्मका नाममा दैनिकीमा असहज हुने लुगा नलाउन भन्ने उदेश्यले यो कदम चालेको सरकारी दाबी छ ।

कमेन्ट गर्नुहोस्