ओवामा केन्या भ्रमणमा

असार ३२। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा निजी भ्रमणका लागि केन्या पुगेका छन् ।

दुईदिने भ्रमणका लागि उनी आइतबार केन्याको राजधानी नैरोबी पुगेको अधिकारीहरुले बताएका छन् । नैरोबीमा ओबामाले आफ्नी बहिनी औमा ओबामालाई लिएर केन्याका राष्ट्रपति उहुरु केन्याटालाई भेट्न गएका थिए ।

केन्यामा रहेका बेला अमेरिकी पूर्वराष्ट्रपति ओबामाले विपक्षी दलका नेता राइला ओडिङ्गालाई पनि भेट्ने बताइएको छ । केन्यामा आफ्नी बहिनीले स्थापना गरेको एउटा सामाजिक संस्थाको कार्यक्रमकालागि ओबामा केन्या आएको बताइएको छ ।

उनको संस्थाले राष्ट्रपति ओबामा फाउण्डेसनले झै शैक्षिक र आर्थिक अवसर जुटाइदिन सहयोग पु¥याउने काम गर्ने समाचारमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्