संसदको दोस्रो बैठक पनि अवरुद्ध !

काठमाडौं, असार ३२ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद दोस्रो बैठक पनि अवरुद्ध गरेको छ । गएको १६ दिनदेखि जुम्लामा आमरण अनशनमा बसेका डा गोविन्द केसीको जीवन रक्षा र चिकित्सा शिक्षा विधेयकलार्य लिए र कांग्रेसले सोमबारको दोस्रो बैठक पनि अवरुद्ध गरेको हो ।

विपक्षी सांसदहरुको अवरोधका कारण शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सम्बोधन गर्ने समय पनि पाएनन् । सरकारको धारणाबारे जानकारी दिन मन्त्रीले समय मागेको भन्दै सभामुख कृष्णबहादुर महराले विपक्षी सांसदहरुले बस्न आग्रह गरेका थिए ।

तर, कांग्रेस सांसदहरुले सभामुखको आग्रहलाई अस्वीकार गर्दै सदन अवरुद्ध गरेका हुन् । संसद बैठक सुरु हुने वित्तिकै कांग्रेस सांसद पुष्पा भुसालले सरकारले जुम्ला गएर केसीसँग वार्ता गर्नुपर्ने माग गरिन् ।

लगत्तै कांग्रेस सांसदहरुले उठेर संसद बैठक अवरुद्ध पारेका थिए । त्यसअघि बसेको संसदको पहिलो बैठक पनि कांग्रेसले अवरुद्ध गरेको थियो ।

कमेन्ट गर्नुहोस्