डा केसीको माग सम्बोधन गर्न वार्ता टोली बनाउँदै सरकार

काठमाडौं, असार ३२ । सरकारले गएको १६ दिनदेखि जुम्लामा आमरण अनशन बसको डा. गोविन्द केसीको माग सम्बोधनका वार्ता समिति गठन गर्ने तयारी गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकमा डा केसीको माग गर्न बार्ता टोली बनाउने अन्तिम तयारी भएको एक मन्त्रीले जनाकारी दिए ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले चिकित्सा शिक्षा विधेयक र डा केसीको जीवन रक्षाको माग गर्दै सोमबारका दुईवटा संसद बैठक अवरुद्ध गरेपछि सरकार यस्तो तयारीमा जुटेका बताइएको छ ।

संसदको दोस्रो बैठकको शुरुमा बोल्दै कांग्रेस सचेतक पुष्पा भूषालले सरकार चिकित्सा शिक्षा विधेयक र डा केसीको स्वास्थ्यप्रति गम्भीर नभएको आरोप लगाइन । शिक्षा मन्त्री गिरिराजमणि पोखरेल सरकारको धारणाबारे जानकारी गराउन संदनमा पुगेपनि कांग्रेसको अवरोधका कारण सम्बोधन गर्न पाएनन् ।

कमेन्ट गर्नुहोस्