२ पेस्तोल र गोलीसहित चक्रे मिलनका सहयोगी सुब्बा पक्राउ

काठमाडौं, असार ३२ । प्रहरीले गुण्डा नाइके चक्रे मिलन समुहका प्रमुख सहयोग मध्यका एक रोशन सुब्बालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले सुब्बा पेस्तोल र गोली सहित पक्राउ परेको जानकारी दिए ।

सुब्बालाई ललितपुरको खुमलटारस्थित उनकै कोठाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको साथबाट दुईवटा पेस्तोलसहित र त्यसका लाग्ने ५६ राउण्ड गोली बरामद जनाइएको छ ।

कमेन्ट गर्नुहोस्