विश्वकप फ्रान्सले होइन अफ्रिकाले जित्यो !

नयाँदिल्ली, असार ३२ । आइतबार रसिया विश्वकप फुटबलको २१ औं संस्करण सम्पन्न भएको छ । उत्कृष्ट खेलका बीच क्रोएसिया पराजित भयो । र फ्रान्सले दोस्रो पटक उपाधि उचाल्यो । खेल सकिएपछि विश्वभरबाट फुटबल प्रेमीले उपाधि जितकोमा फ्रान्सलाई बधाई दिए तर शायद का्रेएसिया त्यस्तो टोली हो जसले खेल हारेर पनि धेरै मानिसको मन जित्यो ।

यसैक्रममा बलिउडका बिगबि अमिताभ बच्चनले पनि टीम फ्रान्सलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत बधाई दिए । वास्तवमा , अमिताभ बच्चन फ्रान्सको जितमा अफ्रिकालाई पनि बधाई दिए । जसका कारण मानिसहरु उनलाई ‘ट्रोल’ गरिरहेका छन् ।

अमितभले फ्रान्सले खेल जितेपछि एउटा ट्वीट गरेका थिए । जसमा उनले फ्रान्सलाई दिए दिए । त्यसका साथै उनले अफ्रिकालार्य पनि बधाइ दिए । किनकी फ्रान्सको राष्ट्रिय टीममा २३ मध्य १६ जना खेलाडी अफ्रिकी मुलका हुन । सामान्यतयः फिफको नियमले एउटा देशको नागरिक अर्को देशबाट खेल्न पाउदैन ।

अमिताभको ट्वीटपछि अर्का ट्वीटर प्रयोगकर्ताले ट्वीट गरे फ्रान्समा खेल्ने अधिकाश खेलाडी कंगो, अलजीरिया जस्ता अफ्रिकी देशबाट आएका हुन । यसैबाट थाहा हुन्छकी बाहिरबाट आएका मानिसहरुले कसरी परिवर्तन ल्याउँछन् ।

त्यो ट्वीटमा रीट्वीट गर्दै अमिताभले लेखें, ‘यस्को मतलब फान्सले होइन, अफ्रिकाले विश्वकप २०१८ जित्यो ।’ यसमा मानिसहरुले गलत तरीकाले टीकाटीप्पणी गर्न शुरु गरे । केहीले त अमिताभको प्रतिक्रिया केटाकेटीपन भएको पनि टीप्पणी गरे ।

सन १९९८ को विश्वकप जित्दा फ्रान्सका महत्वपूर्ण खेलाडी जिनेदिन जिदान र लिलियन थुरम पनि आप्रवासी थिए । विश्वकप जितेपछि फ्रान्सका टोलीलाई ‘इन्द्रधनुष’ (सप्तर्षि टोली) भनिन थाल्यो । किनकी फ्रान्सको टोलीमा अश्वेत, श्वेत र अरबी सबै समावेश छन् ।

कमेन्ट गर्नुहोस्