जपानमा नेपाल फेष्टिवल: पूर्व आइडलहरु सहभागी हुँदै

टोकियो, असार ३२ । आगामी अगष्ट २५ र २६ तारिखमा टोकियोमा आयोजना हुन लागेको नेपाल फेष्टिवलमा नेपाल आइडलका तीन प्रतियोगीहरुले सहभागीता जनाउने भएका छन् ।

११ औं नेपाल फेष्टिवलको मुख्य आकर्षणका रुपमा यस पटक पहिलो नेपाल आइडलका विजेताहरु समेत आउने भएका आयोजकले जनाएको छ । जापानीहरुलाई नेपाली खाना तथा पर्यटन प्रर्वद्धनका कार्यक्रमसंगै पहिलो नेपाल आइडल बुद्ध लामा, रनरअप निसान भट्टराई र प्रताप दास लगायतले सांगीतिक मनोरञ्जन प्रदान आयोजकले जानकारी दिएको छ ।

याे पनि पढ्नुस  भाइटीकाले बनेका नेपाली दाइ र जापानी बहिनी

यस फेष्टिवलमा सहभागिता जनाउनको लागी ईच्छुक कम्पनी तथा संघसस्थाहरुका लागि स्टल बुकिङ खुल्ला गरिएको छ । टोकियो कोमाजावा ओलम्पिक पार्कमा आयोजना हुने नेपाल फेष्टिवलका लागि व्यवसायीक कम्पनी तथा खानाका स्टल राख्न ईच्छुक कम्पनीहरुलाई आफनो स्थान सुरक्षित राख्न अपिल गरिएको छ ।

आयोजकका संयोजक देवीलाल भण्डारीका अनुसार व्यवसायीक कम्पनी तर्फ २५ र नेपाली खानाका २० स्टलका लागि अग्रीम बुकिङग खुल्ला गरिएको जानकारी दिए । बिहिबारदेखी स्टाल बुकिङका लागि पहिलोपटक आवेदन दिने कम्पनी तथा रेष्टुरेन्टलाई ग्राहयता दिईने भण्डारीले बताए ।

याे पनि पढ्नुस  ऊर्जामन्त्री र जापानी प्रतिनिधिमण्डलबीच भेट, जापानले दियो यस्तो आश्वासन

आयोजक गैरआवासीय नेपाली संघ एनआरएनए जापानको टोकियो ओकुबो स्थित कार्यालयमा अपरान्ह दुई बजेदेखि पाँच बजेसम्म स्टल बुकिङ गर्न सकिने एनआरएनए प्रवक्ता पर्शुराम बस्नेतले जानकारी दिए ।

जापानीहरुलाई नेपाली कला, संस्कृतिको पहिचान गराउदै नेपालमा पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले हरेक वर्ष आयोजना हुदै आएको फेष्टिवलको प्रचारप्रसार र आवश्यक तयारी भईरहेको छ ।

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आयोजना, नेपाली राजदूतावास टोकियोको सहयोग तथा जापानका नेपाली संघसस्थाहरुको सहभागितामा हुन लागेको यस पटकको फेष्टिवललाई पृथक बनाउन विभिन्न कार्यक्रमहरुको तयारी गरिएको बुधबार टोकियोमा आयोजिक पत्रकार सम्मेलनमा जानकारी दिईयो।

याे पनि पढ्नुस  जापानमा शक्तिशाली भूकम्प, ८ जनाको मृत्यु, सयौं बेपत्ता

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको टोकियो स्थित कार्यालय ओकुवोमा भएको पत्रकार सम्मेलनमा एनआरएनए अध्यक्ष टासी वाङदी लामाले पार्क व्यवस्थापन सहित स्टल निमार्णका लागि निमार्ण कम्पनीहरुसंग सम्झौता गरिएको जानकारी दिए ।

यस्तै जापानीहरुमा आवश्यक प्रचारप्रसार, पार्क सुरक्षा तथा सरसफाई लगायतका कार्यका लागि पनि तयारी गरिएको छ

कमेन्ट गर्नुहोस्