डा. केसीसँग वार्ता गर्न सचिव बरालको नेतृत्वमा समिति गठन

काठमाडौं, असार ३२ । सरकारले जुम्लामा गएको १६ दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीसँग वार्ता गर्न तीन सदस्य वार्ता टोली गठन गरेको छ ।

सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो । अन्य सदस्यमा गृह र स्वास्थ्य मन्त्रालयका एक–एक जना सहसचिव रहनेछन् । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बास्कोटाका अनुसार वार्ता टोलीले कार्यविधि र स्थान आफै तय गर्ने छ ।

कमेन्ट गर्नुहोस्