गृहमन्त्री थापा र चिनियाँ उपमन्त्री भेट, यस्तो भयो सहमति !

काठमाडौं, असार ३२ । गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपाल भ्रमणमा रहनुभएका चिनका सार्वजनिक सुरक्षा उपमन्त्री शि जुनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सोमबार गृहमन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भयो । भेटमा गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि उपमन्त्री जुनसँग आग्रह गर्नुभयो ।

याे पनि पढ्नुस  गृहमन्त्रीको नजर अब खेलकुद क्षेत्रको सिन्डिकेटमा

गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिईने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

भेटमा उपमन्त्री जुनले नेपाल–चिन सम्बन्धको चर्चा गर्दै यसलाई जनस्तरसम्म लैजानुपर्नेमा जोड दिनुभयो । नेपालको भूमिबाट हुने चिन विरोधी गतिविधि नियन्त्रणका लागि गृहमन्त्रालयले खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यसलाई थप महत्व दिन उहाँले आग्रह गर्नुभयो ।

याे पनि पढ्नुस  प्रहरीलाई गृहमन्त्रीको निर्देशन- तीन महीनाभित्र परिणाम देखिने गरी काम गर्नुस्

चीनका सार्वजनिक मन्त्रीले गृहमन्त्री थापालाई चीन भ्रमणका लागि निमन्त्रणा गर्नुभएको जानकारी भेटमा उपमन्त्री जुनले दिनुभयो । भेटमा गृहमन्त्रालयका उच्चअधिकारीहरु तथा नेपालका लागि चिनियाँ राजदुत यु होङ लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्