साउनभित्रै चार लाख अनुमतिपत्र बाँडिने

काठमाडौं, असार ३२ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रधुबीर महासेठलेले सवारी चालक अनुमतिको प्रतीक्षामा रहेका नागरिकलाई विशेष प्राथमिकतामा राखी आगामी साउन मसान्तभित्रै वितरण गर्ने योजना रहेको बताए ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महासेठका अनुसार साउनभित्र चार लाख थान सवारी चालक अनुमतिपत्र वितरण गर्ने लक्ष्य राखिएको र बिहान ६ बजेदेखि राती आठ बजेसम्म कार्ड छपाइ हुने व्यवस्था मिलाइएको बताए ।

सेवाग्राहीले लामो समयदेखि स्मार्ट कार्ड लिनका लागि कुर्नुपर्ने अवस्थाको अन्त्य गरिने र पहिलो चरणमा प्रतीक्षामा रहेकाहरुलाई वितरण गर्ने र क्रमशः सहज बनाइने भएको छ ।

सवारी परीक्षणसम्बन्धी कार्यलाई विस्तार गर्न प्रदेश नं ३ को हेटौडा र ५ नं प्रदेशको बुटवलमा सवारी परीक्षण कार्यालय स्थापना भएको र विराटनगर, बर्दिबासबाट सवारी चालक अनुमतिपत्र नवीकरणको व्यवस्था मिलाइएको मन्त्री महासेठको भनाइ छ ।

कमेन्ट गर्नुहोस्