नेपालमा बलात्कार गरि फरार अभियुक्त युएईबाट पक्राउ

युएई , असार ३२ । महोत्तरीकि एक महिलालाई जबर्जस्ती करणी गरि फरार भएका सिंह लाल थिङ लाई युएईमा पक्राउ गरि नेपाल लगिएको छ।

झन्डै ९ महिना अघि बर्दिवास २१ महोत्तरीकि २५ वार्षिय एक महिला ९नाम परिवर्तन ०लाई बलात्कार गरि भागेर युएई आउन सफल भएका सिन्धुली मनिणठाकुर गाप वडा न ४ का ३१ बर्सिय सिंहलाल थिङ लाई नेपाल बाट आएको प्रहरी प्रधान कार्यलय इन्टरपोल साखाको टोलिले आइतबार युएई प्रहरीको सहयोगमा पक्राउ गरि नेपाल लैजान सफल भएको स्रोतले जानकारी दिएको छ।

बिदेश बाट सामान ल्याइदिएको भन्दै फकाएर बर्दिवास स्थित एक होटेलमा पुर्याइ डर त्रास देखाइ जबर्जस्ति करणी गरि युएई भाग्न सफल भएका थिङ लाई पक्राउ गरि नेपाल लैजान प्रहरी सफल भएको हो ।

लामो समय देखि युएईमा लुकेर बसेका थिङलाई पक्राउ गर्न सफल भएपछी आबस्यक कारबाहीको लागि नेपाल लगिएको नेपाली दूतावास युएईले जनाएको छ ।

कमेन्ट गर्नुहोस्