खप्तड युवा समाजद्वारा आर्थिक सहयोग संकलन

काठमाडौं, साउन २ । डोटी घर भइ काठमाडौंमा रहेका युवाहरुको बौद्धिक संगठन ‘खप्तड युवा समाज’ ले असार १९ गते करेन्ट लागेर घाइते भएका डोटीको आदर्श गाउँपालिका- १ चाँसीका नारायण खड्काको उपचारका लागि आर्थिक सहयोग संकलन गरेको छ । समाजका काठमाडौं डोटी संयोजक श्याम ओझाको संयोजकत्वमा आर्थिक सहयोग संकलन गरिएको हो ।

सोमबार ओझाको नेतृत्वमा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीबाट फलफूलसहित १५ हजार ६ सय ८० रुपैयाँ आर्थिक सहयोग संकलन गरिएको छ । संकलन गरिएको रकम घाइते नारायणका दाई योगेन्द्र खड्कालाई हस्तान्तरण गरिएको समाजका उपसंयोजक नरेन्द्र बोगटीले जानकारी दिए । घाइते खड्काको अहिले किर्तिपुर स्थित बर्निङ अस्पतालमा उपचार भइरहेको छ ।


घाइते खड्काको आर्थिक स्थित कमजोर भएकाले सहयोग गर्न समाजले सबैलाई आग्रह गरेको छ । सहयोगका लागि ‘खप्तड युवा समाज का संयोजक श्याम ओझालाई ९८४८५४८३९३ मा फोन गरेर बुझ्न सक्नु हुने छ ।

कमेन्ट गर्नुहोस्