अब श्रमिककाे तलब बैंक खाताबाट

काठमाडौं, साउन १ । श्रमिकले पाउने पारि श्रमिक रोजगारदाता कम्पनीले अनिर्वाय रूपमा बैंक खाताबाट भुक्तानी गर्नुपर्ने भएको छ। मन्त्रिपरिषद्ले सोमबार यस्तो निर्णय गरेको हो। सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको पारि श्रमिक बैंकिङ माध्यमबाट भुक्तानी गर्नु पर्ने निर्णय गरेको हो। सरकार, प्रदेश तथा स्थानीय तह, विश्वविद्यालय, सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, समिति, परियोजना, प्रतिष्ठान र मातहतका निकायमा काम गर्ने सबै श्रमिक तथा कर्मचारीको पारि श्रमिक साउन १ देखि बैंकमार्फत भुक्तानी गर्ने प्रक्रियाको प्रारम्भ गनुपर्ने निर्णय गरिएको हो।

याे पनि पढ्नुस्-

३२ हजार कर्मचारीको जागिर जोखिममा

रोजगारदाता कम्पनीले साउनबाट प्रक्रिया सुरु गरी असोजमसान्तसम्ममा बैंक खातामार्फत भुक्तानीको व्यवस्था मिलाउनुपर्ने निर्णय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जानकारी दिए। बैंक, वित्तीय संस्था, बिमा कम्पनी, होटल, एयरलाइन्स, ट्राभल एजेन्सीलगायत सेवा उद्योग, सहकारी संस्था र श्रमिक आपूर्तिकर्ता, सामुदायिक एवं संस्थागत शिक्षण संस्था तथा कानुन बमोजिम दर्ता भएका गैरसरकारी संघसंस्था, ट्रस्ट, कम्पनी ऐन, विशेष ऐन, गठन आदेशलगायत कानुन बमोजिम गठित सबै संघसंस्थाले पुस मसान्तभित्र अनिवार्य रूपमा बैंक खातामार्फत पारि श्रमिक तथा वित्तीय सुविधा भुक्तानीको गर्नुपर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

यसबाहेक अन्य सबै प्रतिष्ठान मातहत काम गर्ने श्रमिक तथा कर्मचारी र घरेलु श्रमिकको पारि श्रमिक एवं वित्तीय सुविधा पनि २०७६ को पुस मसान्तभित्रमा अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामार्फत सम्बन्धित श्रमिक तथा कर्मचारीको पारि श्रमिक बैंक खातामा भुक्तानी गर्नुपर्ने सरकारी निर्णय भएको छ।

कुनै स्थानीय तहमा बैंक तथा वित्तीय संस्था स्थापना र सञ्चालन नभएको अवस्थामा भने त्यस्तो स्थानमा बैंक तथा वित्तीय संस्था स्थापना भएको तीन महिनाभित्र श्रमिक तथा कर्मचारीलाई अनिवार्य रूपमा बैंक खातामार्फत पारि श्रमिक एवं वित्तीय सुविधा भुक्तानीको गर्नपुर्ने निर्णय भएको मन्त्री विष्टले बताए। अन्नपूर्णमा खबर छ ।

कमेन्ट गर्नुहोस्