धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन

काठमाडौं, साउन १ । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । सुब्बाको उपचारका क्रममा राजधानीको ग्राण्डी इन्टरनेशनल अस्पतालमा मंगलबार अपरान्ह निधन भएको हो ।

पछिल्लो समय निमोनियाबाट ग्रसित ५२ वर्षीय सुब्बाको दुई सातादेखि अपस्तालमा उपचार भइरहेको थियो । अस्पतालका अनुसार सुब्बालाई आठ दिन अघि निदान अस्पतालले रिफर गरी ग्राण्डी पठाएको थियो।

उच्च रक्तचाप र मधुमेहका रोगी समेत रहेका सुब्बाको तीन वर्ष अघि भारतमा मृगौला प्रत्यारोपण समेत गरिएको अस्पतालले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्