सरकारविरुद्ध माइतीघरमा नेविसंघको भव्य प्रदर्शन

काठमाडौं, साउन १ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारको विरुद्ध राजधानीमा प्रदर्शन गरेको छ ।

मंगलबार नेविसंघले राजधानीको माइतीघरदेखि नयाँ वानेश्वरसम्म सरकार विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको छ ।

नेविसंघले गएको १८ दिनदेखि जुम्लामा आमरण अनसनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ ।

साथै नेविसंघले पछिल्ला गतिविधि र निर्णयले सर्वसत्तावादको मार्गमा सरकार अगाडि दाबी गर्दै त्यस्तो दुसाहस नगर्न पनि सचेत गराएको छ ।

कमेन्ट गर्नुहोस्