यी हुन् दुई-दुई योनी भएकी महिला

शरीर एउटा र गुप्ताङ्ग दुई । सुन्दा अचम्म लाग्न सक्छ तर युट्युबकी प्रसिद्ध ब्लगर कसान्ड्रा ब्याक्सनले भर्खरै एउटा भिडियोमा आफ्नो शरीरमा दुई-दुई वटा योनीमार्ग भएको स्वीकार गरेकी छिन् ।

कसान्ड्राले आफ्नो शरीरमा योनी मात्रै दुई नभएर पाठेघर र सर्भिक्स समेत दुइ दुइ रहेको खुलासा गरेकी छिन् ।

वैज्ञानिकहरूका अनुसार सम्पूर्ण जीवित महिलाहरूमा पाँच-देखि सात जनामा यस्तो हुनसक्ने बताउँछन् तर हालसम्म दुई महिलाले मात्र आफ्नो शरीरको यस्तो विशिष्ट अवस्थाबारे खुलासा गरेको थाहा हुन आएको छ ।

 

आफ्नो शरीरको रहस्यबारे बताउँदै कसान्ड्राले भनिन्, “म यो कुरा सबैभन्दा पहिला आफ्ना प्रशंसकहरूलाई बताउँदैछु ।” आफू धेरै समयदेखि यो कुरा अरुलाई भन्ने कि नभन्नेबारे दुविधामा रहेको र वर्षौंपछि हिम्मत जुटाएर आफू अरू केटीहरूभन्दा फरक रहेको भन्न सकेको कुरा कसान्ड्राले बताइन् ।

उनले आफ्नो शरीरको यस रहस्यका बारेमा बताएपछि मानिसहरूले उनको यौन जीवनको बारेमा थुप्रै प्रश्नहरू सोधेका थिए । उनले एउटा चार्टको सहायताले आफ्नो शरीरमा कसरी दुईवता योनिहरू रहेका छन् भन्ने बताएकी थिइन् ।

कसान्ड्राका अनुसार उनको महिनाबारी सामान्य तरिकाले हुने गरेको छ । यसको कारण उनको दुई वटा एक अर्कासंग जोडिएका फेलोपियन ट्युब रहेका छन् जसबाट महिनामा एकपल्ट मात्र एंड उत्सर्जन हुने गर्दछ ।

यस अघि २७ वर्षीय हेजल जोन्सको पनि यस्तै घट्ना सार्वजनिक भएको थियो । उनको भनाइ अनुसार उनलाई कहिलेकाँही पेटमा अत्यधिक पीडा हुने गर्दथ्यो । उनले पनि कसान्ड्राले जस्तै आफैँ यस कुराको खुलासा गरेकी थिइन् ।

हेजलले भने अहिले पनि बच्चा जन्माउने बेला के पो हुने हो भन्ने डर लाग्ने गरेको बताएकी थिइन् ।

कमेन्ट गर्नुहोस्